सिँचाइ विभाग नेपालको जलस्रोतको दिगो उपयोग तथा सिँचाइ पूर्वाधारको विकास, विस्तार र व्यवस्थापनमा समर्पित सरकारी निकाय हो। यस विभागले सिँचाइ आयोजना निर्माण, सञ्चालन तथा मर्मतसम्भार गर्ने, कृषि उत्पादन वृद्धि गर्न भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउने, तथा जलस्रोतको प्रभावकारी व्यवस्थापनमार्फत कृषिक्षेत्रको समग्र विकासमा योगदान पुर्याउने कार्य गर्दछ।

हामी पारदर्शी, उत्तरदायी र समावेशी सिँचाइ प्रणालीको विकास गर्दै किसानमैत्री सेवा प्रवाह सुनिश्चित गर्न निरन्तर क्रियाशील छौं, जसले कृषि उत्पादन, खाद्य सुरक्षा तथा देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याओस्।